आजको पत्रपत्रिका : समृद्धि कृषिबाटै खोज्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

5.71K
shares

समृद्धि कृषिबाटै खोज्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिएका छन्। मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको प्रथम ‘मस्र्याङ्दी महोत्सव’को आज उद्घाटन गर्दै उनले प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाइनुपर्ने बताए ।

गण्डकी प्रदेशका ३०० गाउँमा होमस्टे सञ्चालन गर्ने योजनासहित ३० करोड बजेट विनियोजन गरिएको उनले जानकारी गराए । प्रदेशका ५० हजार मासिनलाई स्वरोजगार बनाउने प्रदेशको योजना रहेको उनले बताए।

“गाउँमा आउने पाहुनालाई स्वागत सत्कार र होमस्टेमा बासको व्यवस्था तपाईंले गर्नुस्, होमस्टेसम्म पुग्ने पूर्वाधार निर्माण गर्न प्रदेश सरकार तत्पर छ ।”, उनले भने, “नेपालकै पहिलो होमस्टे सिरुवारी होमस्टेका रुपमा देश तथा विदेशसम्म प्रचार भएको एशियाकै नमूना होमस्टे लमजुङको घलेगाउँमा छ ।

महासमिति बैठकका लागि राजनीतिक प्रस्तावको तयारीमा कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ । सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक प्रस्ताव मस्यौदा समितिले आज प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमको उद्घाट्न सत्रमा सभापति देउवाले सरकारले जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै संविधान विरोधी क्रियाकलाप र लोकतन्त्रको रक्षाका लागि सबै एक ढिक्का हुनुपर्ने बताए । पार्टीको राजनीतिक प्रस्ताव भएकाले यसमा महत्वपूर्ण सुझावका आग्रह गर्दै सभापति देउवाले गम्भीरतापूर्वक छलफलमा भाग आग्रह गरेका थिए ।

कार्यक्रमका संयोजक गगनकुमार थापाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठेको टिप्पणी गरे । काङ्ग्रेसले सबै युवालाई समेट्न युवा मैत्री नीति ल्याउनुपर्नेमा उनले जोड दिए । उद्घाट्नपछि सुझाव सङ्कलनका लागि पाँच समूह बनाएर दिनभर छलफल गरिएको थियो ।

कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका पार्टीका केन्द्रीय सदस्य, काङ्ग्रेस आबद्ध सङ्घीय र प्रादेशिक सांसद, महासमिति सदस्य, क्षेत्रीय सभापति, स्थानीय तहमा निर्वाचित काङ्ग्रेसका प्रमुख र उपप्रमुख तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रादेशिक प्रमुखहरुको सहभागिता थियो ।

छपाई बिग्रेका एक हजार र ५ सय रुपैयाँका नोट बजारमा

काठमाडौँ । पछिल्लो समय बजारमा छपाइ बिग्रेका नेपाली नोट बढी भेटिन थालेका छन्। त्रुटीपूर्ण रुपमा भेटिएका त्यस्ता नोटमा कुनैमा गभर्नरको हस्ताक्षर छैन, कुनैमा एकातर्फ सादा कागज मात्रै छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट देखिएको छ। बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन्।

‘अघिल्ला वर्ष यस्ता नोट निकै कम मात्र भेटिन्थे,’ वाणिज्य बैंकका एक कर्मचारीले भने, ‘यो वर्ष धेरै भेटिएका छन्।’ पाँच वर्षदेखि निजी बैंकमा काम गर्दै आएका ती कर्मचारीले थपे, ‘विगतमा नक्कली, च्यातिएका, केरमेट भएका नोट धेरै आउँथे, यो वर्ष प्रिन्ट मिस्टेक नोट धेरै भेटिए ।’

सर्वसाधारणले सटहीका लागि ल्याएको नभई बैंकले राष्ट्र बैंकबाट ल्याइएका नोटका बिटामै त्रुटि पूर्ण नोट भेटिएको उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083