अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैन – राष्ट्रियसभा अध्यक्ष

Nepal Life Insurance Long Ad

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताउनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको आज यहाँ उदघाटन गर्दै उहाँले भन्नुभयो, “एउटा धर्म मान्नेले अर्को समुदायको धर्म मान्नेमाथि हेला गर्नु हुँदैन । संविधानले धर्म नै नमान्न स्वतन्त्रताको अधिकार पनि दिएको छ ।

नेपालका अल्पसङ्ख्यक धार्मिक समुदायको सुरक्षाका लागि संविधानमा व्यवस्था भएअनुसार सरकारले मानवाधिकारको प्रत्याभूति गर्नेसम्बन्धी १६ कानून पारित गरिसकेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालको संविधानले विभेद्रहित तथा न्यायपूर्ण समाजको परिकल्पना गरेको बताउँदै जुनसुकै धर्म मान्ने व्यक्तिले आप्mनो धर्मग्रन्थ पढ्न पाउनुपर्छ र आप्mना बालबच्चालाई पढाउन सक्छ भन्नुभयो ।

आफ्नो प्राथना गृहमा प्रवेश गरेर कोही व्यक्तिले दुव्र्यवहार गरेमा उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दिनसक्ने बताउँदै उहाँले राज्यले अल्पसङ्ख्यक धार्मिक समुदायलाई संविधानबमोजिम संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराजले धर्मप्रति आस्था राख्ने कुनै पनि व्यक्तिले धर्म अवलम्बन गर्न र आस्था प्रकट गर्न पाउने संविधानमा प्रष्ट व्यवस्था रहेको बताउँदै ‘बाइबल’ पढ्ने व्यक्तिलाई धर्म परिवर्तन ग¥यो भनी लाञ्छना लगाउनु गलत भएको बताउनुभयो ।

‘स्वाभिमान र अधिकारसम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चितता’ भन्ने नाराका साथ राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेला २०७५ आज शुरु भएको छ । नेपालमा हाल ३० लाख ख्र्रीष्टियन रहेको र १२ हजार चर्च रहेको बताइएको छ ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...