‘पानीजहाज छिट्टै ल्याउनुस् प्रधानमन्त्रीज्यू! जहाँ भन्नुहुन्छ, चढेर त्यहीँ जान तयार छु’ : शेखर कोइराला

5.25K
shares

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले छिटो भन्दा छिटो नेपालमा रेल ल्याउन र पानी जहाज चलाउन आग्रह गरेका छन्।

‘प्रधानमन्त्रीजी, पानी जहाज ल्याउँछु भन्दै हुनुहुन्छ, छिटो ल्याउनुस्’ उनले भने ‘मलाई पनि सदस्यको रुपमा राख्नुस्, तपाईंले जहाँ लैजानु हुन्छ, त्यहाँ जान चाहन्छु।’ इलामको माई नगरपालिकाको बीपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलपनि छिटो ल्याउन चुनौति दिए।

‘दुई बर्ष होइन, डेढ बर्षमा रेल नै ल्याउनुस्’ कोइरालाले भने, ‘तर, नेपाली जनतालाई ऋणको भारी नबोकाउनुस्। नेपाली जनता थप ऋणको भार थेग्नसक्ने स्थितिमा छैनन्।’ शक्तिको भोकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्धो बनाइरहेको आरोप लगाउँदै कोइरालाले वर्तमान सरकारका कारण देश असफलतातिर गएको दावी गरे।

‘शक्तिको भोक कम्युनिष्टको प्रवृति हो’ भन्दै उनले प्रधानमन्त्री मातहत राष्ट्रिय अनुसन्धान विभाग, २५ अर्ब माथिको प्रोजेक्ट प्रधानमन्त्रीबाट अनुगमन गर्ने तयारी आदिलाई शक्तिको भोकको रुपमा व्याख्या गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083