आजको पत्रपत्रिकामा : नारायणहिटी दरबारका थप १० कोठा खुल्ला गरिए

6.37K
shares

काठमाडौं । आज संघीय राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई प्रमुख हेडलाइन बनाएर छापेका छन्।

निजी क्षेत्रका श्रमिकलाई पनि पेन्सनको व्यवस्था गरिएको, नेपाल वायु सेवा निगमको वाइडबडी जहाज प्रकरण छानबिन गर्न हानथाप सुरु भएको, निर्मला पन्तका बुवा यज्ञराजको मानसिक स्वास्थ्य बिग्रिएको, नारायणहिटी दरबारका थप १० कोठा खुल्ला गरिएको लगायतका समाचार आजका पत्रिकाका पहिलो पृष्ठमा छन् ।

विकास खर्च ८.३८ प्रतिशत

कान्तिपुर दैनिकले निराशाजनक विकास खर्चको बारेमा मुख्य समाचार छापेको छ । नेकपा नेतृत्वको सरकारले गत असारमै बजेट ल्याए पनि चार महिनाको विकास खर्च ८ दशमलव ३८ प्रतिशत मात्रै रहेको समाचारमा उल्लेख छ । ‘३ खर्ब ५९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको केन्द्र सरकारको हालसम्मको खर्च ३० अर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्र छ । यो छुट्याएको रकमको ८.३८ प्रतिशत मात्रै हो,’ समाचारमा लेखिएको छ ।

समाचार अनुसार पहिलो चार महिनामा ३ वटा प्रदेशको विकास खर्च शून्य छ । एक रुपैयाँ पनि खर्च गर्न नसक्नेमा प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

कान्तिपुरमै वाइडबडी जहाज खरिद प्रकरणमा नेपाल वायु सेवा निगमले नै छानबिन गर्न संसदीय समितिलाई आग्रह गरेको र छानबिनका लागि समितिबीच नै हानथाप सुरु भएको समाचार पनि प्राथमिकताका साथ छापिएको छ ।

मन्त्रीका पीएकहाँ सांसदको भिड

अन्नपूर्ण पोष्ट दैनिकले वाइडबडी जहाज प्रकरणमा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले हल्का जवाफ दिएको भन्दै मुख्य समाचार छापेको छ । कंसाकारलाई शुक्रबार संसदको अन्तर्राष्ट्रिय समितिले छलफलका लागि बोलाएको थियो । समाचारमा लेखिएअनुसार उनले समितिको बैठकमा भनेका थिए, ‘एउटा पत्रिकाले वाइड बडी लालपूर्जा छैन भनेर लेख्यो, हामी त्यो पढेर कोठाभित्र हाँसिरहेका थियौं । पारदर्शिता भनेको सबै डकुमेन्ट असनमा लगेर छरिदिनु हो ?’

अन्नपूर्णमै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिवको कार्यकक्षमा सांसदहरुको भिड लाग्ने गरेको विषयको समाचार पनि प्राथमिकताका साथ छापिएको छ । सांसदहरु सरुवाको लागि मन्त्रीको पीएकहाँ झुम्मिने गरेको समाचारमा लेखिएको छ ।

समाचारमा लेखिएको छ, ‘मन्त्री पण्डित कार्यकक्षमा थिएनन् । उनी प्रदेश १ गएका थिए । त्यसैले भेट्न आउनेहरु स्वकीय सचिववरिपरि झुम्मिएका थिए ।’

‘हामीले भनेको मान्छे किन सरुवा नभएको रु’ कोही उनलाई केरकार गरिरहेका थिए, कोहि सरुवा गर्नुपर्ने कर्मचारीको नाम टिपाइरहेका थिए। स्वकीय सचिव भने खुरुखुरु टिपिरहेका थिए ।’

सामाजिक सन्जालका टप फाइभ सेलेब्रिटी

नयाँ पत्रिकाले सामाजिक सन्जालका सेलेब्रिटीको बारेमा प्रमुख समाचार बनाएको छ । यसमा कलाकार र नेताहरुको बारेमा लेखिएको छ । नेपालका टप फाइभ सेलेब्रिटीहरुको पहिलो नम्बरमा नायिका रेखा थापा छिन् । समाचारमा लेखिएअनुसार उनका फेसबुक फलोअर्स ३२ लाख ८० हजार छन् । कलाकारहरुतर्फ फेसबुकमा नायीका प्रियंका कार्की, गायीका अन्जु पन्त, लोक गायीका मुना थापामगर र नायीका नम्रता श्रेष्ठ छन् ।

यसै गरी ट्वीटरमा टप फाइभको पहिलो नम्बरमा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई छन् । उनका ट्वीटर फलोअर्स १० लाख ४० हजार छन् । त्यस पछि क्रमश : नेपाली कांग्रेसका गगन थापा, साझा विवेकशीलका रवीन्द्र मिश्र, राप्रपाका कमल थापा र नेपाली कांग्रेस निकट नायीका मनीषा कोइराला छिन् ।

युट्युब र इन्स्टाग्राममा सबैलाई मोमिस तामाङले उछिनेका छन् । उनको युट्युबमा ५४ लाख ८२ हजार सब्सक्राइब देखिन्छ भने इन्स्टाग्राममा उनलाई १३ लाख ५ सयले फलो गरेका छन् ।

नारायणगढ–मुग्लिन सडकः पहिले ४ घण्टा, अहिले ४० मिनेट

नागरिक दैनिकले नारायणगढ–मुग्लिन सडकखण्डको विस्तार पछि विगतको सास्ती हटेको लेखेको छ । मर्मतका बेला यो सडक खण्ड पार गर्न मात्रै तीन–चार घण्टा लाग्थ्यो । तर अहिले ४० मिनेटमा नै पार हुन्छ ।

नागरिकमै डोल्पा मंगलबारदेखि औपचारिक रुपमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको अर्को खबर पनि छ । नागरिक लेख्छ– डोल्पा मंगलबार देखि औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083