कपिलवस्तुमा प्रदेशसभाका स्वतन्त्र उम्मेदवारको गोली प्रहार गरि हत्या
वि.सं.२०७५ मंसिर ८ शनिवार ०७:५१
shares

बुटवल । अज्ञात समुहको गोली प्रहारबाट कपिलवस्तुमा एक जनाको हत्या भएको छ। शुक्रवार राति अन्दाजी साढे आठ बजेको समयमा मोटरसाईकलमा आएको दुई जनाको समूहले कपिलवस्तु सुद्धोधन गाउँपालिका वडा नं. ५ का राजाबाबु भनिने दिपेन्द्र कुमार कुर्मीको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीले मुक्तीखबरलाई जानकारी दिए।
मृतक कुर्मी गत प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट स्वतन्त्र उम्मेदवार थिए। शरीरका विभिन्न भागमा ४ राउण्ड गोली लागेका कुर्मीको उपचारको उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी उपरीक्षक पुडासैनीले जानकारी दिए।
कपिलवस्तुको लवनी चौराहबाट घरतर्फ जाँदै गरेका कुर्मीलाई एक्कासी गोली प्रहरी भएको थियो। ‘कुर्मीलाई चार वटा गोली लागेको छ भने घटनास्थलमा पाँच राउण्ड गोली प्रहार भएको देखिन्छ, प्रहरी उपरीक्षक पुडासैनीले भने, ‘हामी घटनाको बारेमा अनुसन्धान गरि रहेका छौं।’
































