आजको पत्रपत्रिकाः रेल किन्दै नेपाल, अब नेपालकै रेल गुड्नेछ

4.68K
shares

काठमाडौं । सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ ।

भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।

मंसिरमा रेल चलाउने तयारी थियो । तर रेल नहुँदा समस्या भयो भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने, रेल लिजमा लिने कि किन्ने भन्नेबारे हामी अलमलमा थियौँ, अब आफैँ रेल किन्ने निर्णय भएको छ । यसले गर्दा रेल सञ्चालनमा ढिलाई भएको हो ।

मन्त्रालय मातहत सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाबारे जानकारी दिन बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समबन्वय बैठकमा मन्त्री महासेठलाई बोलाईएको थियो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

त्रिविमा १३ करोड अनियमितता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ ।

उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन स्टेट अफ सोसियल इन्क्लुजन इन नेपाल’ नामक तीन वर्षे परियोजना सम्झौता गर्नुभएको थियो ।

प्यासिफिक समिट र निर्मला प्रकरणमा सञ्चार माध्यमले सरकारको गलत प्रचार गरेः सञ्चारमन्त्री

काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चारगृह र सञ्चारकर्मीमाथि खनिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा तथा बंग्याएर समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै सञ्चारकर्मीमाथि आक्रोशित भएका हुन् ।

हालै काठमाडौँमा सम्पन्न एसिया प्यासिफिक समिट र निर्मला पन्त प्रकरणलाई लिएर सञ्चारमाध्यममा आएका समाचारको उनले खण्डन गरेका छन् । उनले केही मिडियाले सरकारलाई खेद्न मिसन नै बनाएर तथ्य तोडमोड गरिरहेको आरोप लगाए ।