आजको पत्रपत्रिका : चिनियाँको चासो बढी

7.64K
shares

कान्तिपुर दैनिकमा चिनियाँको चासो बढी’ शीर्षकमा काठमाडौंमा आगामी साता आयोजना हुन लागेको लगानी सम्मेलनको समाचार छ । सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएकामा चीनका २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएको समाचारमा लेखिएको छ ।

भारतमा लोकसभा चुनाव आउन केही सातामात्र बाँकी रहँदा राजनीतिक नेताबीच नेपाल र नेपालीको मानमर्दन हुने गरी टिप्पणी गर्ने क्रम बढेको विषयलाई कान्तिपुरले एंकर समाचार बनाएको छ। समाचार लेखिएअनुसार महाराष्ट्र नवनिर्माण सेना एमएनएस प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सन्जालमा सुरु गरेको ‘मै भी चौकीदार’ अभियानको मंगलबार विरोध गर्ने क्रममा नेपाल लक्षित टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘यो अरु केही नभएर नौटंकीमात्र हो, के हो यो चौकिदार भन्ने कुरा चुनाव नेपालमा हुन लागेको हो कि भारतमा

अन्नपूर्ण पोष्ट दैनिकले नेपाल यसपटक बोआओ फोरममा सहभागी नहुने समाचार लेखेको छ। ‘चीनले बिर्सियो नेपाल’ शीर्षकको समाचारमा लेखिएको छ, ‘चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने बोआओ फोरम सम्मेलनमा निम्ता नगरिएकाले नेपाल सहभागी नहुने भएको हो। परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले पनि अहिलेसम्म कुनै तयारी नभएको नेपालबाट भ्रमणको सम्भावना नरहेको प्रतिक्रिया अन्नपूर्णलाई दिएका छन्।

गोरखापत्र दैनिकले आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधार क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजना लगानीकर्तासमक्ष पेस गरिने विषयलाई मुख्य समाचार बनाएको छ। लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माणको प्रस्ताव तयार पारेको समाचारमा उल्लेख छ।

नागरिक दैनिकले ‘सुकुमबासीका नाममा फेरि जग्गा बाँड्दै सरकार’ शीर्षकमा मुख्य समाचार लेखेको छ। सुकुमबासी र अव्यवस्थित बसोबास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको समाचारमा उल्लेख छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083