विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा
वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:२६
9.14K
shares
shares

रुपन्देही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले चिनिएको नेकपा कार्यालयमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैकका कर्मचारी पुगेर पार्टी कार्यालयको ताला फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाइदिएको छ।
सरकारले विप्लव पार्टी माथि प्रतिबन्ध लगाए सँगै वाणिज्य बैंकले आफ्नो भवनमा ताला लगाएको छ। उक्त भवन १३ वर्षदेखि तत्कालीन माओवादीले कब्जा गरेर प्रयोग गर्दै आएको थियो। यो समाचार गोरखापत्रमा प्रकाशित छ।














