आजको पत्रपत्रीका : सार्बजनीक भयो शिक्षा निति
वि.सं.२०७६ मंसिर २६ बिहीवार ०१:४४
shares

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का विजेता खेलाडीलाई इनाम दिने प्रधानमन्त्रीको घोषणा आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । तर, प्रधानमन्त्रीको घोषणामा स्वयं पत्रपत्रिकाहरू नै अन्योलमा परेका छन् ।
कान्तिपुर र राजधानीले सागमा एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाख र १ वटामात्रै जित्नेले ९ लाख पाउने लेखेको छ । ‘एक स्वर्ण ल्याउनेलाई ९ लाख र सोभन्दा बढी ल्याउनेलाई ११ लाखका दरले सम्मान गरिनेछ ।
३० हजार टाकामा भित्रिन्छन् रोहिंग्या
म्यानबारबाट विस्थापित रोहिंग्या नेपालसम्म कसरी आइपुग्छन् भन्नेबारे कान्तिपुरले एक खोजमूलक सामग्री छापेको छ । कान्तिपुरका अनुसार, नेपालसम्म रोहिंग्या ल्याइपुर्याउन एक गिरोह नै सक्रिय छ । त्यस्ता गिरोहले ३० हजार टाकामा रोहिंग्यालाई नेपाल भित्र्याइरहेको कान्तिपुर समाचारमा उल्लेख छ ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो । रोहिंग्या भित्र्याउन यसरी गिरोह नै सक्रिय भएपछि गृह मन्त्रालयले सतर्कता बढाएको जनाएको छ ।






























