घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

Nepal Life Insurance Long Ad

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ ।

बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ”, वडाध्यक्ष नवराज लामिछानेले भन्नुभयो, “यसले उहाँहरुलाई सहज भएको छ ।”

अध्यक्ष लामिछानेका अनुसार शारीरिक अपाङ्गता भएकी डुम्रिगाउँका सुष्मा श्रेष्ठ, रजौराका ९१ वर्षीया खगेश्वरी रजौरे, गोलौराका ९६ वर्षीया छविलाल रेग्मी र गाइडहरका ८१ वर्षीया पिपादेवी केसीलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । अन्य असक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिनेसमेत उहाँले बताउनुभयो ।

पहिलो चौमासिकअन्तर्गत ज्येष्ठ नागरिकलाई रु तीन हजारका दरले रु १२ हजार र शारीरिक अपाङ्गता भएका व्यक्तिलाई रु दुई हजारका दरले रु आठ हजार वितरण गरिएको हो । उक्त वडामा कृषि विकास बैंक तुलसीपुर शाखाले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।


७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

२०८१ माघ १५ मंगलवार

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भएर बग्ने घुन्सा खोलामा...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

२०८१ साउन १४ सोमवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका...

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

२०८१ साउन ६ आइतवार

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना वापत झण्डै...

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

२०८१ साउन ४ शुक्रवार

काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक,...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

२०८१ असार २८ शुक्रवार

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब...

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

२०८१ असार २४ सोमवार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति,...