पेरिसमा गोरखाली देउसी-भैलो २०१८ सम्पन्न

8.75K
shares

पेरिस। पेरिसको व्यस्त जिवनचर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८र९ महिना भित्रमा तेस्रो र भब्य कार्यक्रमको रुपमा देउसी–भैलो २०७५ ९२०१८० सम्पन्न गरेको छ।

गतः जुलाई महिनाको प्रारम्भमा बनभोजको माध्यमबाट समाजको पहिलो परिचयात्मक कार्यक्रम सम्पन्न गरेर जुलाइकै अन्तिममा नेपालका पूर्व प्रधानमन्त्री एंव गोरखाका सांसद डा.बाबुराम भट्टराई र गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय अध्यक्ष गोरखाली भवन भट्टसँग संयुक्त अन्तर्क्रिया कायक्रम पनि सम्पन्न गरेको थियो।

११ नोभेम्बर आइतबारका दिन गोरखाली देउसी भैलो कार्यक्रम २०१८ संस्थाका उपाध्यक्ष श्री रामेश्वर श्रेष्ठको घरमा सम्पन्न गर्यो। गोरखाली समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि पहिलो पटक पेरिसमा गोरखाली देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो।

हाम्रा विविध चाड पर्व, कला संस्कृतिको जगेर्ना पनि गर्ने र संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा लगभग १५१० युरो संकलन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष नानु देवकोटाले जानकारी दिए।

कार्यक्रममा एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष सुक गुरुङ, सल्हाकार एवं एन.आर.एन.ए. फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्याल, एन आरएनए फ्रान्सका पूर्व उपाध्यक्ष हरि सापकोटा, एनआरएन फ्रान्सका अन्तराष्ट्रिय समन्व परिषदका पूर्व सदस्य मिन जी सी, नेपाली साँस्कृतिक गृहका अध्यक्ष हेमन्त उपाध्याय, नेपाली एकता समाज फ्रान्सकी महासचिब डोल्मा तामांग, तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्तिथिती रहेको थियो।

गोरखाली समाज साँस्कृतिक समूहका सुजन बानिया, सुजन राज भट्ट, रोशनी हमाल बानिया र कुल ब। लामा तथा साथीहरुको बेजोड देउसी भैलो तथा साँस्कृतिक प्रस्तुती रहेको थियो। कार्यक्रम संचालन संस्थाका महासचिब राजेन्द्र बाबु श्रेष्ठले गरेका थिए। यस्तै स्वर्गिय गोरखाली युवक उमेश अर्यालको चिर स्मृतिमा उनका परिवारले यस समाजलाई आवश्यक परेको बाध्य बादन तथा म्यूजिक सिस्टम खरिद गर्नको लागि ४०० युरो प्रदान गरेको छ।

स्मरण रहोस् कि गोरखा जिल्ला सिरान्चोक गाउँपालिका ४ निबासी श्रीमती प्रतिमा हमाल देबकोटाको १२ बर्षे छोरा प्रशिद्द हमालको दुबै मृगौला फेरेर उपचार गर्नु परेकोमा आर्थिक सहयोगको अपिल गर्नु भए अनुसार सुजन बाँनियाको सँयोजकत्वोमा छुटै लगभग १४५६ युरो संकलन भइसकेको छ।


unigloble collage
baneshwor multiple campus ad -2083