भरुवा बन्दुक पड्किँदा मामाघर गएका बालकको मृत्यु, बयान फेर्ने मामा प्रहरी नियन्त्रणमा

6.31K
shares

वीरगंज । पर्सामा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय बालकको मृत्यु भएको छ। पर्सागढी नगरपालिका वडा-३ स्थित बडीनिहार टोलमा बन्दुक पड्केर १३ वर्षीया आर्यन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बिहान साढे ८ बजे बन्दुक पड्केर बालकको मृत्यु भएको स्थानीय सञ्चारकर्मी नरेश यादवले जानकारी दिए। मामाघर गएका आर्यनको मृत्यु भएपछि उनका मामा सन्तोष घलेलाई अस्थायी प्रहरी पोस्ट बडीनिहारले नियन्त्रणमा लिएको छ।

बिहान कुकर पड्केर मृत्यु भएको भनिए पनि बालकका मामा सन्तोषले बयान फेरेको पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले बताए। घटना शंकास्पद रहेकोले बालकको शव पोस्टपार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको एसपी ढकालले जनाए।

बालक घरबाट नजिकै रहेको मामाघर किन गए भन्नेबारे खुल्न सकेको छैन। घटनाको अनुसन्धान शुरु भइसकेको एसपी ढकालले बताएका छन्।


divya collage
unigloble collage