आहा ! कति राम्रो डडेल्धुराको आलिताल ‘फोटोफिचर’

6.96K
shares

काठमाडौं । सुदूरपश्चिम सुन्दरपश्चिम हो । यहाँ भएका पर्यटकीय स्थलका कारण नै सुदूरपश्चिम सुन्दपश्चिम हो । सुदूरपश्चिममा पर्यटकलाई आकर्षण गर्न सक्ने कयौं स्थल छन् । तर, उचित प्रचार-प्रसारको अभावमा ती पर्यटकिय स्थल ओझेलमा छन् ।

यसैबीच, डडेल्धुराको भित्री मधेशमा पर्ने आलिताल पनि पर्याप्त प्रचार नहुँदा ओझलमा परेको छ । पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु बन्न सक्ने सम्भावना बोकेको यो ताल समुद्री सतहबाट करिब ८०० मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा छ ।

एक हजार १७५ मिटर लम्बार्इ तथा करिब ४०० मिटर चौडार्इ रहेको ताल महाभारतको चुरेबाट विभिन्न फोहोर पदार्थ जम्मा हुँदै गएपछि अहिले साँघुरिँदै गएको छ। तालको वरिपरि बिरुवा उम्रनुका साथै फोहोर वस्तु थुपारिँदै गएको छ। डडेल्धुरा सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीन चार घण्टा लाग्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083