काठमाडौँलगायत देशभर हिउँदे वर्षा, चन्द्रागिरिमा हिमपात

4.82K
shares

काठमाडौं। मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको छ। काठमाडौं उपत्यकामा पनि रातीदेखि नै वर्षा भएको छ भने उपत्यका नजिक रहेको चन्द्रागिरी डाँडा लगायतका उच्च भागमा हिउँ परेको छ।

वर्षासँगै विद्यार्थी लगायत विहानै आफ्नो गन्तव्यतिर हिँडेका यात्रुलाई सामान्य प्रभाव परेको छ। मंगलबारको तुलनामा आज चिसो पनि बढेको छ। हिजो मंगलबार मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा राती पानी पर्न सक्ने जनाएको थियो। मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री सेल्सियस मापन गरिएको थियो।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083