काठमाडौँलगायत देशभर हिउँदे वर्षा, चन्द्रागिरिमा हिमपात
वि.सं.२०७५ माघ ९ बुधवार ११:१७
4.95K
shares
shares

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा गएरातिदेखि पानी परेको छ भने काठमाडौँको चन्द्रागिरि नगरपालिकामा हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले पूर्व, मध्य र पश्चिमी क्षेत्रका विभिन्न स्थानमा वर्षा तथा हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पनि मौसममा सुधार हुने छैन्। देशभर सामान्य देखि पूर्ण बदलि हुने महाशाखाले जनाएको छ। त्यस्तै पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने छ भने देशको हिमाली भेगमा हिमपात हुनेछ। आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ।































