वलिदान दिवसमा अनेरास्ववियूद्वारा दीप प्रज्वलन (फोटो फिचर)
वि.सं.२०७६ फागुन १४ बुधवार २१:३५
shares

काठमाडाैं । जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलको स्मृति तथा वलिदान दिवसको सन्दर्भमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे छ । आज साँझकाे उक्त कार्यक्रममा विद्यार्थी नेताहरूले जनयुद्ध र सहिदहरूकाे बलिदानबारे चर्चा गरेका थिए ।

कार्यक्रममा सहिद रम्तेलको सम्झना र योगदानको चर्चा गरिएको थियो । सोही कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्य सुरेन्द्र बस्नेत, योगेन्द्र वुढा , श्याम रोका , जटिल कार्की , विवेक ढकाल , प्रतिक कार्की र कमल कुंवरलाई सम्मान समेत गरिएको स्ववियु सभापति प्रज्वल कार्कीले जानकारी दिए ।

आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ ।















