हरेक संस्कृति सर्वमान्य छन् : मुख्यमन्त्री पौडेल

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताएका छन् । उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले साकिला पर्वसमेत भनिने उधौलीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात समुदाय तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे ।

सन्देशमा मुख्यमन्त्री पौडेलले विभिन्न जातजातिको साझा फूलबारीका रुपमा रहेको हाम्रो देशमा रहिआएको विगतदेखिको एकाअर्काबीचको सहिष्णुता र सद्भावकै कारण सबै जातजातिका संस्कृति सर्वस्वीकार्य भएको उल्लेख गरेकमा छन् ।

“चिसो मौसम शुरु भएपछि बेंसी अर्थात् उँधो झर्नुपर्ने प्रक्रिया शुरु गरिने दिनका रुपमा तथा मानिस मात्र नभएर जनावर, चराचुरुङ्गीसमेत चिसो छल्न लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न एवं अन्नबाली भित्र्याइएको खुशियालीमा मनाइने भएकाले यो नेपाली किसानको खुशी साट्ने पर्व पनि हो”, सन्देशमा भनिएको छ ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...