समाजबादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता

7.02K
shares

काठमाडौं । समाजबादी पार्टीद्धारा सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।

समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । अब समाजवादी प्रतिपक्षको भूमिका निर्वाह गरेको निर्णय गरेको जानकारी दिए ।

‘हिजोसम्म सरकारलाई दुई तिहाइको दम्भ थियो, अब आजदेखि समाप्त भयो’ यादवलेबताए । प्रतिनिधिसभामा समाजवादी पार्टीको १७ सिट रहेको छ । समाजवादीले समर्थन फिर्ता लिएपछि सरकारलाई संसदमा दुई तिहाइ बहुमतको समर्थन रहने छैन ।

अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य नभएको बताए ।

प्रधानमन्त्रीले गठबन्धनको स‌ंस्कृतिलाई स्वीकार नगरेको, एकलौटी ढं‌गबाट अघि बढेको पनि यादवले आरोप लगाए ।

आफूहरु स‌ंविधान संशोधन हुने आशामा सरकारमा बसिरहे पनि आफूले संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्रीलेअस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य सकिएको उनको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083