नेकपाभित्र सभामुखको टुंगो नलागेपछी संसद बैठक स्थगीत

8.57K
shares

काठमाडौं । सत्तारूढ दल नेकपामा पार्टीको सहमति नभएपछि प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने भएको छ ।

नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजे डाकिएको बैठक सूचना टाँसेर स्थगित हुने बताएको छ ।

आज संसदको बैठक बस्ने संकेत देखिएको छैन । सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ,’ संसद सचिवालयका एक कर्मचारीले सेतोपाटीसँग भने,‘पुस १६ गते अर्को बैठक बस्ने सम्भावना देखिएको छ। यसबारे कार्यव्यवस्था परामर्श समितिले नै निर्णय गर्छ।’

स्रोतका अनुसार नेकपाले प्रतिनिधि सभाको बैठक सार्न संसद सचिवालयलाई भनेपछि सचिवालयले यस्तो तयारी गरेको हो । अहिलेसम्म कार्यव्ययस्था परामर्श समितिको बैठक पनि नबोलाइएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बताइन् ।

बैठकअघि नियमित रूपमा बस्ने परामर्श समितिको बैठकले यसको निर्णय गर्न सक्ने भुसालले बताइन् । प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ। तर सत्तारूढ नेकपाले सभामुख को हुने टुंग्याउन नसकेकाले बैठक सर्ने देखिएको हो ।

नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताले सांसद अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन् ।

अहिले पनि प्रचण्ड पूर्वमाओवादीलाई नै सभामुख बनाउने पक्षमा रहेको नेकपाका एक स्थायी समिति सदस्यले  बताए।

‘अहिलेसम्म अध्यक्षले पूर्वएमालेलाई सभामुख दिने भनेर कुनै संकेतसम्म गर्नुभएको छैन,’ ती नेताले भने,‘एकताअघिको शक्ति बाँडफाँटका बेला सभामुख हामीलाई परेकाले हाम्रो दाबी स्वभाविक हो।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083