नेकपाको बैठक शुरु

5.27K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज अपराह्न शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो बैठक शुरु गरिएको हो ।

बैठकमा मनोनित केन्द्रीय सदस्यलाई शपथ गराइने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

नयाँ थप मनोनीत केन्द्रीय सदस्य ५५६ जना छन् ।

केन्द्रीय कमिटीको यही पुस ७ गते बसेको बैठकले एक हजार १९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो ।

बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुनु भएको उहाँले बताउनुभयो ।

यस्तै नेकपा दाहाल– नेपाल समूहको बैठक पनि बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने जनाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083