राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

1.53K
shares

१ जेठ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकले आर्थिक वर्ष  २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन पेशपछि बोल्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा बढ्दो बेरुजुले सार्वजनिक निकायहरूको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको संकेत गरेको बताएका छन्। उनले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रपति पौडेलले अनियमित सरकारी खर्च नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा सुशासन, दिगो विकास, शान्ति र समृद्धिप्रतिको युवा पुस्ताको आकांक्षा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले प्रतिवेदनमा उल्लेख गरिएका विषयहरूले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई थप जिम्मेवार बनाउने अपेक्षा पनि व्यक्त गरे।    साथै, सरकारी खर्चमा बढ्दो बेरुजु कम गर्न, आर्थिक पारदर्शिता कायम राख्न तथा वित्तीय अनुशासन सुदृढ बनाउन महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

राष्ट्रपतिले आगामी दिनमा महालेखापरीक्षकको कार्यालयले संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि तथा आन्तरिक सुशासन सुदृढ गर्न अझ सक्रिय रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083