मुख्यमन्त्री शाही र बेलायती रिचर्डबीच भेटवार्ता

7.98K
shares

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (DFID) का एशिया क्षेत्रीय निर्देशक रिचर्ड मुन्टगोमरी शिष्टाचार भेटवार्ता भएको छ । प्रदेश मुख्यालयमा मंगलबार भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले मुलुकको राजनैतिक संक्रमणकाल सकिए सँगै आफुहरुको एक मात्र एजेण्डा विकास र समृद्धि रहेको कुरामा जोड दिए ।

बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (DFID)ले सीमान्तकृत समुदाय र क्षेत्रको विकासका लागि प्रशंसनीय काम गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिन आग्रह गरे । तुलनात्मक रुपमा नेपालका अन्य प्रदेशहरु भन्दा कर्णाली प्रदेश विकासका दृष्टिले पछि रहेको बताउँदै उनले भौतिक पूर्वाधारका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको वताए ।

कर्णाली प्रदेश प्राकृतिक श्रोतले धनी रहेको बताउँदै मुख्यमन्त्री शाहीले भने– ‘हामीसँग जलविद्युत, पर्यटन, जडीवुटी र कृषिको अपार सम्भावना छ, यसको व्यवस्थित परिचालन गरि समृद्धि हासिल गर्न अहिले आर्थिक श्रोत जरुरी रहेको बताएका थिए।