मे १ वा मे ५ भित्रमा एकता गर्ने प्रचण्डको खुल्लासा
वि.सं.२०७५ वैशाख ११ मंगलवार १८:१८
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा कुनै जटिल समस्या नरहेको स्पष्ट पारेका छन् । उनले बैशाख १४ गते बैठक बसेर पार्टी एकताको मिति तोक्ने बताए । मंगलवार भरतपुर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष दाहालले दुवै पार्टीको अध्यक्ष बसेर मिति तोक्ने सहमति भएको बताएका हुन् ।
जटिल केही नभएको भन्दै १४ गते मिति तोक्ने गरी समझदारीमा भएको र ‘मे १ वा मे ५ भित्रमा एकता गर्ने कोशिश गरेको बताएका हुन् । पर्याप्त समय निकाल्न नसक्दा एकताको मिति सरेको बताएका हुन् । आप्नो र प्रधानमन्त्री ओलीको ब्यस्तताले एकताको घोषणामा ढिलाइ भएको समेत बताए । पार्टी एकताका लागि समय छुट्याउन नसकेको पनि उनले उल्लेख गरे । ‘दुई अध्यक्षले पर्याप्त समय निकाल्ने हो भने टुङ्गिने तिर जान्थ्यो’, दाहालले भने ‘दुईचार दिन ढिलो होस भन्नेतिर हाम्रो ध्यान केन्द्रित छ ’ ।












