दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

4.42K
shares

सुर्खेत । कर्णाली  प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.४६२९ मिति २०८०।११।०३ गतेको पत्रादेशद्धारा जनपद तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा भई पदस्थापन/नियुक्ति हुनु भएका प्रहरी कर्मचारीलाई  दर्ज्यानी चिन्ह सु-शोभन गर्नु भएकाे हाे ।

प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यद्वारा प्र.ह.लक्ष्मी शाही, प्र.ह.सरोज कुमार जैसवाललाई दर्ज्यानी चिन्ह सुशोभन तथा निर्देशन सम्बोधन कार्यक्रम सुसम्पन्न भएकाे हाे ।