गण्डकी प्रदेश प्रहरी प्रमुख विकास राज खनालकाे प्रमुख आतिथ्यतामा फेरी भेटौला कार्यक्रम सम्पन्न

पाेखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकास राज खनालकाे प्रमुख आतिथ्यतामा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग,कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौंको च.नं. ४४८८ मिति २०८०।१०।२६ गतेको पत्रादेशानुसार काठमाण्डौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरी सरुवा भई जान लाग्नु भएका गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी बरिष्ठ उपरीक्षक अरुण पौडेल साथै जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा भई जान लाग्नु भएका कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्माको एक कार्यक्रम समारोह बिच फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकास राज खनालले मायाको चिनो प्रदान गर्नुका साथै व्यक्तिगत तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभई फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।
सोही अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख खनालले तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग,कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौंको च.नं.४६२९ मिति २०८०।११।०३ गतेको पत्रादेशानुसार प्रहरी हवल्दार पदमा बढुवा भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी हवल्दार कमल आचार्यलाई दर्ज्यानी चिन्ह द्वारा शुशोभन गरी बधाई एवं शुभकामना व्यक्त गर्दै पदोन्नती सँगै भोलीका दिनमा अझ जिम्मेवार भएर व्यवसायिक, ईमान्दार तथा थप क्रियाशिल भई कार्य गर्न निर्देशन दिनु भएको थियो ।
४ फागुन २०८०, शुक्रवार १८:२२ बजे प्रकाशित