एउटै पासोमा वृद्ध दम्पतीद्धारा आत्महत्या
वि.सं.२०७५ मंसिर ११ मंगलवार १३:५४
shares

पाल्पा । शनिबार दिउँसो सामान्य झगडाबाट रिसाएर हिंडेकी श्रीमतीलाई आइतबार श्रीमानले भेटे । त्यो पनि जंगलमा झुन्डिएको मृत अवस्थामा । त्यसपछि श्रीमानले श्रीमतीकै पासो खोलेर आत्महत्या गरे । सामान्य झगडामा रिसाएर हिंडेकी श्रीमती आत्महत्या गर्लिन् भन्ने श्रीमानले सोचेनन् । अहिले यसरी दम्पतीले नै आत्महत्या गरेको घटनाले गाउँले शोकमा डुबेका छन् ।
माथागढी गाउँपालिका ५, हात्तीलुङ गोहेलुङ गाउँको घटनाले गाउँलेलाई शोकमा डुबाएको हो । दम्पतीले घरनजिकैको जंगलमा आत्महत्या गरेका हुन् । ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी श्रीमती ६६ वर्षकी हरिसरा सारुले आत्महत्या गरेको स्थानीयले बताए ।
वृद्ध दम्पतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक ९डीएसपी० विनोद घिमिरेले बताए । सदरमुकामदेखि ५० किलोमिटर दक्षिणपूर्वमा भएको घटनापछि सोमबार मात्र शव तानसेन ल्याइएको छ । ‘दम्पतीले आत्महत्या गर्नुको कारण भने अनुसन्धानका क्रममा रहेको छ,’ घिमिरेले भने ।















