गाउँपाालिका अध्यक्षकी श्रीमतीद्धारा आत्महत्या

वि.सं.२०७५ मंसिर १३ बिहीवार १३:०१
3.98K
shares
shares

बारा । बारामा एक जना महिलाले पासो लगाई आत्महत्या गरेकी छिन् । परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहकी ४५ वर्षीय पत्नी सुनिता देवीले पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी कार्यलय बाराले जनाएको छ ।
बाराका प्रहरी नायव उपरीक्षक रजितसिंह राठौरका अनुसार पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि घरका सदस्यले पासो काटी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
अध्यक्ष साहका अनुसार मृतकको मानसिक अवस्था ठीक नभएकोले केही वर्ष देखि भारतको पटना, दिल्लीका अस्पतालहरुमा उपचार गराईंदै आइएको थियो । मानसिक अवस्था ठीक नभएकाले घरमा कोही नभएको बेला यस्तो दुःखद घटना भएको साहले बताए । पहिला पनि पटकपटक उनले यस्ता हर्कत गर्ने गरेको परिवार स्रोतले जनाएको छ