अवैध लागूऔषध सहित तीन जना पक्राउ

3.97K
shares

काठमाडौं । कञ्चनपुर पुनर्वास नगरपालिका १० विकासबस्तीस्थित दोदा पुलबाट कैलाली धनगढी उपमहानगरपालिका( ५ का २५ वर्षीय आकास चौधरी सहित २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

भे ९ प ८० नम्बरको मोटरसाइकललाई प्रहरीले चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दिनेशले शरीरमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी दिनेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै अर्का मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टबाट पर्सा बीरगंज महानगरपालिका २ छपकैया का २१ वर्षीय बिश्वास क्षेत्रीलाई करिब २० किलो अवैध लागूऔषध गाँजा सहित आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना १ ज ६१११ नम्बरको सुमो जाँच गर्ने क्रममा सिटमुनी बोरामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारी सुमो सहित चालक क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।


Mitsubishi Long Ad