रुपन्देहीमा ७ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार, ६ जना पक्राउ

6.31K
shares

रुपन्देही । रुपन्देहीको देवदहमा ७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ। बालिकालाई युवाहरूले तानेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शुक्रबार बेलुका भएको सो घटनामा स्थानीयवासीको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलबाटै भाग्दै गरेका युवाहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक केसीले डीसी नेपाललाई जानकारी दिए । पक्राउ परेका उनीहरूलाई देवदह प्रहरी चौकीमा राखिएको र बुटवलबाट थप प्रहरी टोली घटनास्थल जाँदै गरेको बताईएको छ।

बालिकाको गुप्ताङ्गबाट रगत बगेको छ । उनको अवस्था खराब भएपछि उपचारका लागि अस्पताल लगिएको छ । प्रहरी निरीक्षक केसीका अनुसार पक्राउ पर्नेहरुमा देवदह वडा नम्बर ५ का राजु परियार, बोधे विक, दिनेश विक र देवदहकै जीवन खत्री छन्। अन्य २ जनाको भने पहिचा खुलाइएको छैन ।