बलात्कार मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ
वि.सं.२०७५ मंसिर २४ सोमवार १६:४८
5.11K
shares
shares

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरी सजाय फैसला सुनाएका मैवाखोला गाउँपालिका–४ साँघुका ४८ वर्षीय कृष्ण भन्ने पूर्णबहादुर लिम्बूलाई प्रहरीले २८ बर्षपछि पक्राउ गरेको छ। पक्राउ पछि अदालतमा पेश गरिएका उनलाई जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान गरिएको डीएसपी सञ्जयसिंह थापाले बताए।
उनलाई २०४५ सालमा एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि जिल्ला अदालतले २०४७ सालमा दोषी ठहर गर्दै २ वर्ष कैद र ३ हजार ६२ रुपैयाँ ५० पैसा जरिवानाको फैसला सुनाएको थियो। मैवाखोला गाउँपालिका–६ फाकुम्बामा लुकीछिपी बस्दै आएका लिम्बूलाई अदालतबाट फैसला भएको २८ वर्षपछि गिरफ्तार गर्न सफल भएको डीएसपी थापाले बताए।















