चार थान बन्दुकसहित ४ जना पक्राउ

5.03K
shares

धनुषा । धनुषाको हंषपुर नगरपालिका – ५ सुगानिका स्थित मदिरा पसलबाट सोही नगरपालिका–७ बस्ने ३१ वर्षीय बचन भन्ने बेचन मण्डललाई पेस्तोल १ थान, म्याग्जिन १ थान र सोही म्याग्जिनमा लोड भएको गोली ६ राउण्ड सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त मदिरा पसलमा मदिरा सेवन गरीरहेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिराहा सखुवानन्कारकट्टी गाउँपालिका– १ लतियाई स्थित मौवाही–मिर्जापुर सडकबाट चोरी मुद्दाका फरार प्रतिवादी सोही ठाउँ बस्ने २७ वर्षीय रविन्द्र कुमार मण्डललाई कटुवा पेस्तोल १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रतिवादी रविन्द्रलाई कम्मरमा बोकेको उक्त खाली पेस्तोलसहित प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मोरङ केराबारी गाउँपालिका – ८ स्थित आमजुङी जंगलमाबाट २ नाल भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले शंकास्पद २ जनालाई नियन्त्रणमा लिने क्रममा उक्त हतियार फाली दुबै जना फरार भएपछि बरामद गरेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुकासाथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083