नुहाईदिन्छु भन्दै झाडीमा लगेर नाबालिकामाथि बलात्कार
वि.सं.२०७५ फागुन ५ आइतवार १४:४१
5.95K
shares
shares

रुपन्देही । रुपन्देही बुटवल उपमहानगरपालिका–२ मनकामना टोल बस्ने ३ वर्षीया नाबालिका बलात्कारको शिकार भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रमेश विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकले नजिकै धारामा लगी नुहाईदिन्छु भनी ललाईफकाई झाडीमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।































