आफ्नो तलब गरिबलाई सहयोग गर्ने शिक्षक १० लाख अमेरिकी डलरबाट सम्मानित

7.23K
shares

काठमाडौं। अरुको भलो चिताउने र सतकर्म गर्ने मान्छेले जीवनमा अवश्य कर्मको फल प्राप्त गर्दछ।
ठिक त्यस्तै केन्याका एक शिक्षक अरुको भलो चिताउने र सतकर्म व्यक्ति छन्।

अफ्रिकी मूलुक केन्याको ग्रामीण क्षेत्रमा गणित र भौतिक विज्ञान पढाउने शिक्षक पिटर ताबिचीले आफ्नो तलबको ८० प्रतिशत गरिबलाई सहयोग गर्न दान गर्दथे।

पवानी गाउँस्थित स्कुलमा भएको एकमात्र कम्प्युटरको सहायतामा इन्टरनेटका नयाँ पाठ्य सामाग्रीहरु उनले विद्यार्थीलाई पढाउँथे। त्यहाँका विद्यार्थीहरु समेत गरिब छन्। शिक्षकहरु थोरै छन्। उनले ती विद्यार्थीहरुको शिक्षामा कमी हुन दिएनन्। उल्टै आफ्नो तलबको ८० प्रतिशत पैसा गरिबको स्तर उन्नतीको लागि सहयोग गर्न थाले।

अन्ततः उनको सतकर्मको मूल्यांकन भयो। हिजो आइतबारमात्र पिटरलाई विश्वव्यापी पुरस्कार प्रदान गरियो। उनले दशलाख अमेरिकी डलर प्राप्त गरेका छन्। भार्के फाउन्डेनसले उनको कामप्रति सम्मान व्यक्तगर्दै दुबइमा विश्वव्यापी शिक्षक पुरस्कार प्रदान गरेको हो।

पुरस्कार पाएसँगै उनले भने अफ्रिकामा प्रत्येक दिन हामी नयाँ पाठ सुरुवात गर्दछौं। आजपनि नयाँ अध्याय सुरु भएको छ। यस पुरस्कारले मलाई भन्दापनि यस देशका युवाको पहिचान गराएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083