विप्लवलाई चैतिभित्रै पक्राउ गरिन्छ : प्रधानमन्त्री ओली
वि.सं.२०७५ चैत ११ सोमवार १४:३२
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलगायत सबैलाई पक्राउ गरिने बताएका छन।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले आतंक मच्चाउँदै हिँडेको भन्दै विप्लवलाई छिट्टै राजनीतिक मूलधारमा आउने भए समय भएको र त्यो नमाने पक्राउ गरिने बताएका हुन।
विप्लव समूहका नेता कार्यकर्ता पक्राउ पर्न थालेको बताउँदै ओलीले भने चैत महिनाभित्र विप्लव पनि नियन्त्रणमा आउनेछन। प्रधानमन्त्रीले नेकपाका नेताको हत्याको योजना बनाएको भन्दै त्यस्तो गर्ने विप्लव समूहका कोही पनि छुट नपाउने बताए। विखण्डनको राजनीति गर्दै आएका सिके राउतको उदाहरण दिँदै प्रधानमन्त्रीले विप्लवलाई पनि पक्राउ गरेर सुधार्ने बताए।
ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिना भित्र नियन्त्रण गरिसक्ने बताए। नेपाल कम्यूनिष्ट पार्टी नेकपाको संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने उहाँहरू सहमतिमा आए ठिकै छ।
नत्र विप्लव समूहका अतिविादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ। विकास निर्माणमा अवरोध, शिक्षा, स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै प्रधानमन्त्रीको भनाइ थियो।





























