‘मस्ट पपुलर एयरलायन्स अवार्ड’ नेपाल एयरलायन्सलाई

२०७६ पुस १ मंगलवार
1.6K
shares
काठमाडौं । नेपाल एयरलायन्सले सन् २०१९ को मस्ट पपुलर एयरलायन्स अवार्ड जितेको छ ।
मंगलबार एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसनद्धारा आयोजित कार्यक्रममा गुयास्तरिय सेवा प्रदान गरेबापत सो पुरस्कार प्रदान गरिएको हो ।
एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पुर्याएको सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट सम्मान जित्न सफल भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए ।
४ सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षक, यात्रु र उड्डयन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान दिइएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए ।

२०७६ पुस १ मंगलवार