वृद्धा सासू र न्यून दृष्टियुक्त बुहारी सहाराविहीन

Nepal Life Insurance Long Ad

धादिङ । साँघुरो कोठामा दुई वटा स–साना खाट । त्यसमाथि पातला ओड्ने ओछ्याउने । चिसोले बाहिर निस्कनसमेत कठिन भएको बेला पातला लुगा लगाएर दिउँसो लाग्ने घामका पर्खाइमा बसेका मध्य धादिङको गल्छी गाउँपालिका–१ फोसटारका वृद्ध सासू र न्यून दृष्टियुक्त भएका बुहारी कष्टपूर्ण जीवन बिताइरहेका छन् ।

आफ्नो भन्ने मानिस गुमाइसकेका ७९ वर्षीया अमृतकुमारी अधिकारी र उनको बुहारी ५१ वर्षीया यमकुमारी चिसो र खानेकुराको अभावसँग सङ्घर्ष गरिरहेएको छ । अर्काको घरको आड लागेर बसेका ती सासू बुहारीको सहारा दिइने कोही पनि छैन । परिवारमा नाता पर्नेहरु सकिए । सम्पत्ति सकिएपछि अमृतकुमारी बुहारी च्यापेर धादिङको गजुरी गाउँपालिका–४ बाट २१ वर्षअघि बहिनीको घरमा आश्रय लिन आउनुभएको थियो । गत जेठ महिनामा हृदयघातका कारण बहिनी अणकुमारीको मृत्यु भएपछि सहाराविहीन सासू बुहारी अब के खाने र कहाँ जाने भन्ने गन्तव्य हराएपछि विचल्लीमा परेको पीडितले बताए ।

आफ्नो श्रीमान् बितिसकेपछि घरको सम्पत्ति जम्मा दुई हजार र काखमा छोरा रेशमनाथ कृष्ण लाई लिएर माइती घर गजुरी गाउँपालिका–५ सिमडाँडामा शरण लिन आइपुगेकी अमृतकुमारी आठ दिदी बहिनीमध्ये साहिली छोरी हुन अमृतकुमारी । आफ्नो जन्म दिने आमाबुबालाई पनि उनले नै स्याहार गरी छोरा नभएको महसुस गराइनन् । जन्म दिने बुबाको मृत्यु भएपछि २०४५ सालमा छोरा रेशमको मागी विवाह गरिदिएका थिए, यमकुमारीसँग । उनी जन्मजात नै आँखा देख्दैनन् ।

आमा र छोराले खेती किसान गर्थे भने जेनतेन खान पुगेको थियो । विसं २०५० मा पेट दुख्ने समस्याले छोरा रेशमको एक्कासि मृत्यु भएपछि यो परिवारलाई सहन नसक्ने बज्रपात पर्यो, त्यसपछि के गर्ने अन्योल भएको अवस्थामा बहिनी अणकुमारीको घरमा घरबारी रु ७० हजारमा बेचेर बसाई सरेर आएका थिए । फोस्टार आएपछि उनीहरु धनसारमा बस्न थाले भूकम्पले धन्सार भत्कियो । उनीहरुको कोही नभएकाले यो परिवारका लागि सरकारी अनुदानमा घर बनाउन कसैले बोलिदिएनन् । अहिले बहिनीसमेत गुमाएपछि सहारा हराएको वृद्ध सासू र न्यून दृष्टियुक्त भएका बुहारी सुन्दैमा आँशु आउने गरी बिचल्लीमा परेका छन् ।

स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिका लागि धेरै काम गरेको समाचार आइरहेको भए पनि न्यून दृष्टियुक्त अवस्थामा रहेकी यमकुमारीसँग सेतोछडीसमेत छैन । सरकारले हरेक महिना बुहारीलाई दिएको एकल महिला भत्ता रु दुई हजार र सासूलाई वृद्धभत्ता  तीन हजार गरी जम्मा पाँच हजारले जति पुग्छ, त्यति खाएर बाचेको अमृतकुमारीले बताए । “अब त भात पकाएर बुहारीलाई खान दिन पनि नसक्ने भएँ, आँखा पनि धमिलो हुन थाल्यो अब केही उपाय छैन, साँझ बिहानमा पनि सुरक्षित नहुने भो, हामी एक्लो भयौँ” उनीहरु सहाराको खोजिमा भए पनि कहाँ जाने कसले हेर्ने भन्ने चिन्तामा छन् । “मर्न पनि सक्दैनौँ बाँच्ने सहारा पनि सकियो”, अमृतकुमारीले बताए ।

“आमा नसक्ने हुनु भो, मलाई पकाएर खान दिने मान्छे पनि हुँदैन, फरियासमेत लगाइदिन्छिन्, म त आमा जहाँ गए त्यही जाने हो, आमालाई छोड्दिन”, बुहारी यमकुमारी भन्छिन् । सेतोछडीसमेत नभएकाले यमकुमारी खुट्टाले छामेर बाहिरभित्र गर्ने काम गर्छिन् । सङ्घीय सरकारले दिने भत्ताबाहेक वडाले केही गर्न नसकेको वडाध्यक्ष पूर्णप्रसाद खतिवडाले बताए । यो अवस्थामा रहेका मानिसको सुरक्षा र संरक्षण सरकारले गर्छ भनेर दिनदिनै समाचार आउँछन् । नेपालको संविधानको मौलिक हकले पनि संरक्षणको जिम्मा राज्यको हो भनिए पनि यो परिवार बेसाहारा बन्दासमेत सहयोग पाउन सकेका छैनन् ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...