नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्ष कैद सजाय

3.56K
shares

ओखलढुंगा। ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यामिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।

इजलासले सबैभन्दा बढी प्राध्यानाध्यक फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकेको छ भने ६ लाखको दरले जरिवाना गरिएको छ ।

१२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोगमा २३ असार २०७९ मा  मुद्दा दर्ता भएको थियो । जसको मंगलबार अन्तिम फैसला भएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083