मरेपछि गरिने केही अनौठा संस्कारहरु

Nepal Life Insurance Long Ad

काठमाडौं । संसारमा जन्मिने र मर्ने क्रम निरन्तर चलिरहन्छ । जन्मिने र मर्ने कुरालाई लिएर दुनिँया भरमा आ-आफ्नै अलग अलग मान्यता र संस्कारहरु रहेका छन् । यी कुराहरुमा कुनै कुनै स्थानका रीतिरिवाज र संस्कार त यति अनौंठो छन् कि सुन्दा मात्र पनि हामी मध्य धेरै हैरान हुन्छौं । यहाँ मरेपछि गरिने त्यस्ता केही अनौंठा संस्कारहरुको विषयमा चर्चा गरिएको छ ।

गिद्दहरुलाई खानको लागि लाश छोडिने अन्तिम संस्कारको प्रथा

तिब्बतमा अन्तिम संस्कारको लागि लाश लाई काटेर टुक्रा टुक्रा पारी खुल्ला आकाश मुनि गिद्दहरुलाई खानको लागि छोडिने गरिन्छ । र, त्यो दृष्य हेर्नका लागि मृतकाका सबै नातागोता र ईष्टमित्रहरु त्यस स्थानमा भेला हुन्छन् । यसो गरेमा मृतकको आत्मालाई स्वर्ग प्राप्त हुने उनीहरुको मान्यता रहँदै आएको पाईन्छ ।

यस्तो परम्परा तिब्बत, मंगोलिया लगायतका देशहरुमा सामान्य मानिन्छन् । यी देशका मानिसहरु वज्रायन बौद धर्म मान्छन् । यो धर्ममा आत्माले शरीर बदल्ने कुरा गरिएको छ जसको मतलव यो धर्ममा मृत्यु पश्चात शरीर सुरक्षित राख्नु जरुरी छैन ।

औंला काट्ने परम्परा

इन्डोनेशियाको दानी आदिवासी हरुमा पनि अन्तिम संस्कारको अनौठो परम्परा रहेको छ । परिवारको कुनै सदस्यको मृत्यु घरको महिलाहरुका लागि भावनात्मकको साथसाथै शारीरिक पींडा पनि लिएर आउने गर्दछ । यहाँ परिवारको कुनै एक सदस्यको मृत्यु भएमा घरका महिलाहरुले दुस्ख प्रकट गर्न आफ्नो एउटा औंला काट्नु पर्दछ र यो अनिवार्य गर्नु पर्ने हुन्छ । पितृहरुलाई संतुष्ट बनाएर राख्न यस्तो अनौठो परम्परा अपनाउँदै आएको उनीहरुको मान्यता छ ।

आफन्तको लाश खाने एमजोनका आदिवासी

भेनेज्युएला र ब्राजिलको बिचमा पर्ने एमजोन जङ्गलमा बसोबास गर्ने आदिवासीहरुमा पनि कोही मरेमा अन्तिम संस्कारको अनौठो परम्परा रहेको छ । यी आदिवासी आफ्नो परिवारको कुनै सदस्यको मृत्यु पश्चात लाशलाई पातमा बेरेर किरा फट्याङ्ग्राहरुलाई खान छोडिदिन्छन् ।

त्यसको ३० देखि ४५ दिन पश्चात भने लाशको बाँकी रहेको हिस्सा आफूआफूमै बाँढेर खाने गर्छन् या केराको सुपमा मिसाएर खान्छन् । यसो गरेमा मर्नेको आत्माले शान्ति पाउनुका साथै मृतक स्वर्ग जाने विश्वास उनीहरुमा रहेको पाइन्छ ।

एस्किमो (Eskimo) यसरी गर्छन् अन्तिम संस्कार

एस्किमो परिवारमा जब कोही साह्रै वृद्धवृद्धा हुन्छन् या मृत्युका करिव हुन्छन् तब उसलाई तैरिएको बरफको टुक्रामा सुताएर छोडिने गरिन्छ । यो समुदाय पुनर्जन्ममा औधी विश्वास गर्दछ । घरका वृद्धवृद्धाहरु बोझ होईनन् र उनीहरुले उनको उचित र सम्मानपूर्ण तरिकाले अन्तिम बिदाइ गरेको सावित गर्न यस्तो परम्पराको अभ्यास गर्ने गरेको पाइन्छ ।

अन्त्येष्टिमा स्ट्रीप डान्सर बोलाईने परम्परा

ताईवानमा अन्त्येष्टिको बेला स्ट्रीप डान्सर बोलाईने परम्परा छ । यसो गर्नाले भट्किएको आत्माले शान्ति पाउने उनीहरुको विश्वास छ । ताईवानको यस्तो परम्परालाई विश्वमा गलत तरिकाले हेर्ने गरिएको भए पनि अन्त्येष्टिमा गरिने यो परम्परा ताईवानका मानिसहरुका लागि भने एक महत्वपूर्ण रिवाज नै हो । चीनमा पनि मृतकको सम्मानमा यस्ता स्ट्रीप डान्सरहरु बोलाईने गरिन्छ ।

लाशसँगै रहँने परम्परा

इन्डोनेशियाको सुलावेसी प्रान्तको तोराजा गाउँमा लाशलाई गाड्ने गरिँदैन । मृत्यु पश्चात शरीरलाई बाकसमा राखेर गुफामा राखिन्छ या पहाडमा झुन्ड्याइने गरिन्छ । यहाँ मानिसहरु परिवारको सदस्यको मृत्युपछि पनि मृतकलाई ज्यूँदोसँग झैं व्यबहार गर्छन् । समय समयमा लाशलाई बाक्साबाट बाहिर निकाल्छन् ।

लाशलाई नुहाइ दिएर सफा सुघर गर्छन् र नयाँ लुगा लगाइदिन्छन् । त्यसै बेला गाउँमा लाशको जुलूस पनि निकालिने गरिन्छ । यो परम्परालाई माईनेने भनिन्छ । र यो परम्परा हरेक साल मनाइने गरिन्छ ।


सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई  पानी

सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई पानी

२०८१ वैशाख ४ मंगलवार

लुम्बिनी । थाईहरुको विषेश पर्व सोङक्रानको अवसरमा लिटिल बुद्धको प्रतिमामा...

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

२०८० वैशाख ३१ आइतवार

काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता...

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

२०८० वैशाख ३० शनिवार

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि...

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

२०७९ चैत २७ सोमवार

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर...

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

२०७९ चैत २५ शनिवार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने...

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

२०७९ चैत २४ शुक्रवार

धरान। कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई...