कस्तो अचम्म ! आत्मा माथि पनि कर, दारी पाल्न र कुमार बस्न पनि नपार्इने

Nepal Life Insurance Long Ad

काठमाडौं । सरकार करको हिसावमा सधैं कट्टरबादी नै हुन्छ । सरकारको आम्दानीको मुख्य स्रोत नै कर भएकोले पनि सरकारले यसको लागि अरु केही नसोची मात्रै आम्दानीको हिसावले जनतासँग पैसा उठाउँछ । व्यवस्था चलाउनको लागि जनतासँग पैसा उठाउने यो प्रचलन धेरै पहिलेदेखि चल्दै आएको कुरा पत्ता लगाउनको लागि धेरै रोचक विषयहरु पनि देख्न सकिन्छ ।

उदाहरणको लागि १५३५ मा इङ्ग्ल्याण्डका सम्राट हेनरी अष्टमले दारीमाथि कर लगाउने निर्णय गरे । उनको आफ्नै पनि दारी थियो । यो कुरा बाहिर आएको छैन कि उनी स्वयम्ले कर तिरे कि या तिरेनन् । तर, उनले सामाजिक हैसियतको आधारमा दारीमाथि कर लगाए । हेनरी अष्टम पछि उनकी छोरी एलिजाबेथ प्रथमले नियम बनाइन् कि दुई हप्ताभन्दा बढी दारी राख्ने मानिससँग कर लिईन्छ ।

१६९८ म रूसका शासक पीटर द ग्रेटले पनि दारी माथि कर लगाएका थिए । पीटरको इच्छा थियो कि रूसको समाज पनि यूरोपीय देशको समाज जस्तै आधुनिक बनोस् तथा मानिसहरु नियम अनुसार आफ्ना दारी पाल्ने र फाल्ने काम गरुन् । त्यतिबेला रूसमा दारीमा कर लगाउनको लागि एउटा टोकनको व्यवस्था गरिन्थ्यो । त्यो टोकन हर समय साथैमा लिएर चल्नुपर्ने हुन्थ्यो । त्यो टोकन चाँदीको हुन्थ्यो र त्यो दारीमा यो मानिसले नियमित रुपमा कर तिरिरहेको छ भन्ने लेखिएको हुन्थ्यो । टोकन विना कसैको दारी भेटियो भने उसमाथि कारबाही हुन्थ्यो ।

आत्मामाथि कर

यिनै पीटर द ग्रेटले १७१८ मा सोल यानी आत्मा माथि पनि कर लगाउने व्यवस्था गरे । उनका अनुसार यी मानिसले राज्यलाई कर तिर्नु पथ्र्यो कि जसलाई आफूसामु आत्मा जस्तो केही बस्तु छ भन्ने महसुस हुन्छ । यो यकीन नगर्नेले कर तिर्नु पर्दैनथ्यो । चर्च तथा पहुँचवाला वर्गबाट प्रमाणित व्यक्ति बाहेक यो व्यवस्था सबैको लागि लागू हुन्थ्यो । कर अधिकृतहरु त्यतिबेला घरघरमै पुगेर कर उठाउँथे ।

कर उठाउने समय कोही मानिस कतै गएको समय मिल्यो भने उसले त्यो कर छिमेकीलाई बुझाउनु पर्दथ्यो । छिमेकीको पनि कर नतिर्ने छिमेकीमाथि नजर राख्नु कर्तव्य बनेको थियो । पीटर द ग्रेटले यो कर यस कारण लगाएका थिए कि यसबाट भारी रकम उठाउन सकियोस् र रुसी सेनालाई बलियो बनाउन सकियोस् ।

झ्याल राख्नेसँग कर

सन् १९९६ मा इङ्ल्याण्डमा राजा थिए विलियम तृतीय । उनले झ्यालमाथि कर लगाएका थिए । उनले किन यस्तो कर लगाए रु यसको पनि तथ्य रोचक छ । उस समय राजाको खजाना कम हुँदै गईरहेको थियो । त्यसको पूर्तिको लागि आयकरको विकल्प त थियो नैै तर, त्यसको पनि भारी विरोध भईरहेको थियो । आयकर तिर्नको लागि उनीहरुले आफ्नो आय सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । त्यहाँका नागरिकहरुले यो आफ्नो व्यक्तिगत विवरणमा सरकारले दखल दिएको आरोप लगाईरहेका थिए ।

यही समस्या समाधान गर्नको लागि उनले नयाँ जुक्ती निकाले कि मान्छेसँग धेरै पैसा छ भने उसको घर पनि ठूलो हुन्छ । उसको घर ठूलो भयो भने उसको घरको झ्याल पनि धेरै हुन्छ । त्यसैले झ्यालको संख्याको आधारमा कर उठाउने प्रचलन पनि सुरु गरिएको थियो । त्यतिबेला उनले यो व्यवस्था ल्याएपछि मानिसहरुले कालिगढ बोलाएर झ्यालमा इटा राखेर झ्याल पुर्न थाले । यसरी सरकारले धेरै तिरबाट सो समय अफ्टेरोमा परेको थियो ।

कुमारी कर

नवौं शदाब्दीमा रोमका सम्राट अगस्टसले ब्याचलर ट्याक्स लगाएका थिए । यसको मक्सद विवाहको संस्कार बढाउनु थियो । अगस्टसले बिहे गरेर पनि बच्चा नजन्माउनेलार्इ पनि कर लगाएका थिए । यो २० देखि ६० वर्षका मानिसको हकमा मात्रै लागू हुन्थ्यो । ब्याचलर ट्याक्स १५ औं शताब्दीमा ओटोमन साम्राज्यमा पनि प्रचलित थियो । इटलीका तानाशाह मुसोलिनीले पनि १९२४ मा २१ देखि ५० वर्षभित्रका अविवाहित पुरुष र महिलामाथि कर लगाएका थिए ।

२०औं शताब्दीको सुरुवातमा क्यानडामा आउने हरेक चिनियाँलार्इ हेड ट्याक्स लगार्इन्थ्यो । न्यूजील्याण्डमा पनि केही यस्तो कर प्रणाली चलनमा थियो । पछि सो बन्द भयो । आज पनि यस्तो विचित्र कर प्रणाली जारी छ । डेनमार्क तथा हंगरी जस्ता देशमा चीज, बटर तथा पेस्ट्री जस्ता खाद्य सामग्रीमाथि कर लगाइन्छ । यो करको दायरामा सबै चीजहरु आउँछन् । यो मोटोपनबाट बच्नको लागि लगाईएको कर भएको बताईन्छ ।


सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई  पानी

सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई पानी

२०८१ वैशाख ४ मंगलवार

लुम्बिनी । थाईहरुको विषेश पर्व सोङक्रानको अवसरमा लिटिल बुद्धको प्रतिमामा...

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

२०८० वैशाख ३१ आइतवार

काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता...

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

२०८० वैशाख ३० शनिवार

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि...

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

२०७९ चैत २७ सोमवार

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर...

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

२०७९ चैत २५ शनिवार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने...

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

२०७९ चैत २४ शुक्रवार

धरान। कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई...