श्रीलंकाली संसदमा सभामुखमाथि खुर्सानीको धुलो र बोतल प्रहार (भिडियोसहित)

9.2K
shares

एजेन्सी । श्रीलंकाको राजनीतिमा देखिएको उलट–पुलटसँगै विश्वको ध्यान खिच्ने गरी गतिविधि भइरहेका छन् । श्रीलंकाली संसदमा नव नियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षेका समर्थक सांसदहररूले सभामुखमाथि किताब, पिसेको खुर्सानी र पानीको बोतल प्रहार गरेका छन् ।

सभामुख कारु जससूर्याले राजपाक्षेविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्तावमा शुक्रबार मतदान गर्न खोजेपछि त्यसलाई रोक्न उनीहरूले आक्रमणमै उत्रिएका हुन् ।

शुक्रबार सबेरै राजपाक्षे समर्थकहररूले सभामुखको कुर्सीलाई घेरा हाल्दै बिहीबार चक्कु लिएर संसद भवनमा आउने विक्रमासिंघेका दलका दुई सांसदलाई पक्राउ गर्न माग गरेका थिए ।

राजपाक्षेका दल पोदुजाना पेरेमुला पार्टीका एक सांसद सभामुख जयसूर्याको कुर्सीमा बसेका थिए भने उनलाई २० सांसदले घेरेका थिए। त्यसले संसदको प्रक्रिया शुरु गर्ने ढिलो भएको थियो । राजपाक्षेका समर्थकहरूले जयसूर्याका प्रहरीले अर्को कुर्सी ल्याउन नदिने कोशिस गरेका थिए । एक सांसदले सो कुर्सीबाट कुसन निकालेर दुवै सभामुख र उनलाई सुरक्षा दिइरहेको प्रहरीमाथि पनि प्रहार गरेका थिए ।

प्रहरीको उपस्थितिमा सभामुख जयसूर्याले कुन सांसदको कसलाई समर्थन छ भनेर नाम पढ्न थालेपछि राजपाक्षेका समर्थक सांसदहररूले किताब, पिसेको खुर्सानी र पानीको बोतल प्रहार गरेका थिए । संसदका चिकित्सकहरूले शुक्रबारको घटनामा कम्तीमा ६ प्रहरी र ३ सांसद घाइते भएको बताएका छन् । यो घटना भएपछि शुक्रबार राजपाक्षे र उनको सरकारविरुद्ध मतदान भएको छ।

सभामुखले अपदस्थ प्रधानमन्त्री विक्रमासिंघेको समर्थनमा २ सय २५ सदस्यीय संसदमा १ सय २२ जनाको समर्थन रहेको बताएका छन् । कात्तिक ९ को राति राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सिरिसेना र राजपक्षे दुवैले संसदबाट पारित भएको अविश्वास प्रस्तावलाई नस्वीकार्ने बताइसकेका छन् ।
हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083