किसानले भेटाए अहिले सम्मकै ठूलो र अचम्मको गुफा, जसभित्र छ अनौँठो संसार

6.66K
shares

एजेन्सी । भियतनामका एक किसानले नेसनल पार्कमा भेटाएको एउटा गुफाले बैज्ञानिकलाई समेत अचम्मित तुल्याएको छ। उक्त गुफा उनले देख्नु भन्दा पहिला कसैले देखेका थिएनन्। सन् १९९१ मा उनले उक्त गुफा भेटाएका थिए। उक्त गुफालाई सबै भन्दा ठूलो गुफा पनि भनिदै आएको छ। गुफा भेटाएका किसानको नाम खान्ह थियो।

उनी उक्त सार्कमा केही हप्तासम्म घुम्दै आएका थिए। उक्त बेला उनले अचानक एउटा गुफा भेटाए। उनी त्यही गुफा हेर्न गुफा भित्र छिरे। त्यसपछि उनले त्यहाँ अलगै संसार देखे। उक्त गुफा भित्र उनले नदीको आवाज सुने, त्यती मात्रै हैन उनले उक्त गुफाभित्र तिब्र हावा चलेको आवास समेत सुने।

त्यसपछि उनी डराए र त्यहाँबाट बाहिर निस्किए। त्यस घटनाको केही दिनपछि उनको भेट ब्रिटिस केव रिसर्च एसोसिएशनका अनुसन्धान कर्ता डेब लिम्बर्टसँग भयो। उनले भेटमा नेशनल पार्कको बारेमा सुनाए। उक्त दौरानका क्रममा लामो समयसम्म उनीहरुले उक्त गुफाका बारेमा सत्यता बाहिर ल्याउन सकेनन्। तर २००८ मा किसान फेरि दोस्रो प्रयास गरे त्यसपछि उनले त्यहाँसम्म पुग्ने बाटो भेटाए । र उनै अनुसन्धान कर्ताको सहयोग लिएर उक्त गुफा भित्र पसे। र गुफाका बरेमा अनुसन्धान गर्न सफ बने।

यस्तो छ गुफा भित्र

उक्त गुफा अन्य गुफा भन्दा निकै फरक छ। गुफाभित्र जानका लागि करिब २६२ किलोमिटर तल जानु पर्छ। उक्त गुफा ५ किलो मिटर लामो । यो गुफा यती ठूलो छ की जुन भित्र नदी, जंगल तथा अलगै मौसम समेत रहेको छ। उक्त गुफामा विभिन्न किसिमको जनावर समेत बस्ने गर्दछन्। उक्त गुफाको सुन्दरता शब्दमा समेत बयान गर्न नसकिने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083