संघीय संसद : शिक्षा तथा स्वास्थ्य समितिले निर्माण गर्‍यो ३ वटा उपसमिति

Nepal Life Insurance Long Ad

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले तीनवटा उपसमिति गठन गरेको छ ।

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि उपसमिति, स्वास्थ्य तथा जनसंख्या उपसमिति र युवा तथा खेलकुद उपसमिति गठन गरेको हो ।

शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन तीनवटा छुट्टाछुट्टै उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् । समितिले गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिमा उमेश श्रेष्ठ, एकवाल मियाँ, चित्रलेखा यादव, नविना लामा, नारायणप्रसाद मरासिनी, अन्जना विशंखे, योगेशकुमार भट्टराई र सुरेसकुमार राई रहनु भएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या उपसमितिमा मनकुमारी जिसी, उमाकान्त चौंधरी, खगराज अधिकारी, गगनकुमार थापा, भैरवबहादुर सिंह, रेखा कुमारी र सन्तकुमार थारु रहनु भएको छ ।

गजेन्द्रबहादुर महत, जीवनराम श्रेष्ठ, दुलारीदेवी खत्वेनी, नमिताकुमारी चौंधरी, तीलबहादुर महत, मानबहादुर विश्वकर्मा र हितबहादु तामाङ युवा तथा खेलकुद उपसमिति रहनु भएको पनि समितिकी सभापति घर्तीले बताइन् । बैठकमा समितिका सदस्यहरुले सरकारको कामलाई प्रभावकारी बनाउन कार्यसूचिनै तय गरेर उपसमितिलाई जिम्मेवारी दिनुपर्ने आवश्यक्ता औंल्याएका थिए । समितिका सदस्य गगनकुमार थापाले सरकारको कामलाई प्रभावकारी बनाउन उपसमितिलाई सक्रीय बनाउनुपर्नेमा जोड दिए ।

समितिका अर्का सदस्य खगराज अधिकारीले समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय खेलकुद परिषद, युवा परिषद, युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले शिक्षा र स्वास्थ्य सेवालाई सहज बनाउन पनि समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...