यस्तो सिरानी जसको मूल्य ५७ लाख भन्दा बढी

5.56K
shares

एजेन्सी । हामीले सुत्दा प्रयोग गर्ने सिरानीको मूल्य कति होला ? १ हजार, २ हजार या यो भन्दा बढी परे ५ हजार सम्म । तर यस्तो सिरानी बनेको छ, जसको मूल्यले एउटा कार पनि खरिद गर्न सकिन्छ । यो सिरानीलाई सामान्य सम्झिन गलत हुनेछ । यो संसारको सबैभन्दा महंगो सिरानी हो । यो सिरानी थिज्स भेन डर हिल्स्ट नामको एक डिजाइनरले बनाएको हो । हिल्स्ट एक डच फिजिकल थेरापिस्ट पनि हुन् ।

उनले यो सिरानी १५ वर्ष रिसर्च गरी कडा मेहेनत लगाएर बनाएका हुन् । यो सिरानीमा नीलम, हिरा र सुन लगाएर बनाइएको छ जसले गर्दा यसको मूल्य ५७ हजार डलर पर्छ । हिल्स्ट एक थेरापिस्ट भएको कारण उनले यो सिरानी लगाएर सुत्ने जो कोहीको पनि निन्द्रा सम्बन्धी सम्पूर्ण बिरामी निको हुने दावी गरेका छन् ।

यो सिरानी मुल्बरी सिल्क, इजिप्टियन कपास र २४ क्यारेट सुनको अनुपातले बनाइएको छ । हिल्स्टको अनुसार यो सिरानी लगाएर सुत्नेहरुलाई एकदमै आराम महसुस हुनेछ । निन्द्रा नलाग्ने समस्या पनि ठिक हुनेछ ।

यसरी गरिएको छ डिजाइन

यो सिरानी टेलरमेड पिलो गोल्ड संस्करण हो । यो संसारको पहिलो थ्रि–डी स्क्यान र थ्रि–डी प्रिन्टेड सिरानी भएको दावी गर्दछ । कम्पनीको वेबसाइटमा ५६,९९५ डलरको महंगो मूल्यमा लिस्ट गरिएको छ ।

यो सिरानी थ्रि–डी निर्माण प्रविधि प्रयोग गरी बनाईएको हो, जुन थ्रि–डी प्रिन्टर जस्तै मेशीनमा निर्भर हुने गरेको बताईएको छ । रोचक कुरा त यो छ कि ग्राहकले यो सिरानी खरिद गर्नु पहिले यसको कपडा आफै छान्न पाउनेछन् र आफ्नो इच्छाको बनाउन सक्नेछन् ।


Mitsubishi Long Ad