सार्वजनिक यातायात निःशुल्क गर्ने देश !

5.21K
shares

काठमाडौँ । युरोपको सातौं सानो देश लक्जम्बर्गले सार्वजनिक यातायात सेवा निस्शुल्क गर्ने भएको छ । आउने वर्षको गृष्म ऋतुसम्म उसले देशभित्र निस्शुल्क सार्वजनिक यातायात सेवा उपलब्ध गराउने भएको हो । यसरी निस्शुल्क प्राप्त हुने सेवामा बस, रेल र ट्रामको सेवा रहनेछ । यी साधनहरूमा यात्रा गरेबापत यात्रुले कुनै पी प्रकारको भाडा तिर्नु नपर्ने बताइएको छ । लक्जम्बर्ग यसरी निस्शुल्क यातायात सेवा उपलब्ध गराउने संसारकै पहिलो देश हो ।

किन गरिँदैछ यस्तो ?

यसो गरिनाको प्रमुख कारण त्यहाँको ट्राफिक समस्या समाधान गर्नु रहेको बताइएको छ । मात्र छ लाख जनसंख्या भएको यस देशमा ट्राफिक जाम भनेनिकै ठुलो समस्याको रूपमा रहेको बताइन्छ । सरकारले पर्यावरण जोगाउने र ट्राफिक जामको समस्याबाट मुक्ति पाउन बनाएको विशेष योजना अन्तर्गत यसो गरिन लागेको हो ।

जेवियर बेटलले गत बुधबार मात्रै लक्जम्बर्गको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका हुन् । उनले निर्वाचन अभियानको क्रममा आफूले जितेमा सार्वजनिक यातायात निस्शुल्क गर्ने बताएका थिए । लक्जमबर्गको राजधानी लक्जमबर्ग सिटीको यातायात व्यवस्थापन संसारमै सबैभन्दा खराब मध्ये गनिन्छ । मात्र एक लाख १० हजार जनसंख्या भएको यस शहरमा हरेक दिन ४ लाख मानिस रोजगारीका लागि आवत जावत गर्ने गर्दछन् । यो देशकै कुल जनसंख्याको ७५ प्रतिशत हो ।

विद्यार्थीलाई पहिले देखि निःशुल्क

यहाँका विद्यार्थीहरूले भने पहिले देखि नै निस्शुल्क यातायात सुविधाको उपभ्ग गरिरहेका छन् । यहाँ २० वर्ष मुनिका विद्यार्थीहरूलाई यो सुविधा प्रदान गरिएको छ । यो सुविधा विशेष गरि माध्यमिक तहका विद्यार्थीलाई लक्षित गर्दै प्रदान गरिएको थियो । तत्कालका लागि लक्जम्बर्गमा २ घण्टाभन्दा लामो यात्रा गर्न १.७८ पाउण्ड या लगभग २५६ रुपैयाँ लिइने छ । यो रकम दुई हजार पाँच सय वर्ग किलोमिटर क्षेत्रफल भएको देश पुरै घुम्न पर्याप्त हुने छ । त्यस भन्दा कम समयको यात्रा भने पूर्णतया निस्शुल्क हुनेछ ।


Mitsubishi Long Ad