साताको पहिलो दिन नै सुनको भाउ ह्वात्तै बढ्यो
वि.सं.२०७५ मंसिर २३ आइतवार १५:०७
5.95K
shares
shares

काठमाडौं । आज (आइतबार) सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । साताको अन्तिम दिन ५८ हजार ५ सय रुपैयाँ कारोबार भएको सुनको भाउ आइतबार बढेर ५९ हजारमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको भाउ ५८ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी भने तोलामा ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।





























