यौनसम्पर्क गर्दा हुने पीडा कसरी कम गर्ने ?
वि.सं.२०७५ फागुन ७ मंगलवार १७:३६
shares

काठमाडौँ । योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ। त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडादायक हुनसक्छ। योनिद्वार वा Bartholin’s Gland को संक्रमण पनि पीडाको कारण हुन सक्छ।
मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि महिलाका लागि यौनसम्पर्क पीडादायक हुनसक्छ। योनिको संक्रमण वा कुनै रसायनका कारणले शोथ भएको छ भने पनि पीडा त हुने नै भयो। यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा अन्य खराबी पनि यौनसम्पर्क गर्दा पीडाको कारण बन्न सक्छन्।
पीडादायक यौनसम्पर्क
सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो र यसमै मानिसहरूले सर्वोत्कृष्ट सुख प्राप्त गर्छन्। त्यसैले यसलाई चरमसुख भनिन्छ, तर दुभाग्र्यवश सबैमा यस्तो हुँदैन। कतिपय कारणले यौनसम्पर्क पीडादायक हुन पुग्छ। पीडादायी तथा अप्ठ्यारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा Dyspareunia भनिन्छ। महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ। यसका पनि दर्जनौं शारीरिक कारण हुन सक्छन् भने मानसिक कारण पनि त्यत्तिकै। यौनसम्पर्क पीडायुक्त हुने प्रमुख कारण योनि सुख्खा हुनु हो। एलर्जीको औषधीले मुख मात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ।
त्यसैगरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका थप कारण हुन सक्छन्। अन्य शारीरिक कारण निम्न हुन सक्छन् योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ। त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडादायक हुनसक्छ। योनिद्वार वा Bartholin’s Glandको संक्रमण पनि पीडाको कारण हुन सक्छ। मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि महिलाका लागि यौनसम्पर्क पीडादायक हुनसक्छ। योनिको संक्रमण वा कुनै रसायनका कारणले शोथ भएको छ भने पनि पीडा त हुने नै भयो। यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा अन्य खराबी पनि यौनसम्पर्क गर्दा पीडाको कारण बन्न सक्छन्।
एउटा अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । अंग्रेजीमा यस किसिमको अवस्थालाई ख्बनष्लष्क गक भनिन्छ । धेरैजसो अवस्थामा भय अर्थात् डर नै यसको कारण बनेको हुन्छ । कसरी मानसिक समस्याले यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ, यकिनका साथ भन्न गाह्रो छ, तर पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिक रूपमा पीडादायकभएको स्थितिमा त्यसको असर लामो समयसम्म रहन सक्छ।

यौनसम्पर्क मन नलाग्ने कुरा
तपाईंको जिज्ञासमा तपार्इंलाई पीडाको कारणले नै यौनसम्पर्क गर्न मन नलागेजस्तो देखिन्छ। पीडादेखि बाहेक नै पनि कतिपयलाई यौनसम्पर्क गर्न मन नलाग्ने हुनसक्छ। तपाईंलाई थाहै होला, स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। यसको सञ्चालनमा मस्तिष्कले महत्वपूर्ण भूमिका खेल्छ । इन्डोक्राइन सिस्टम(Endocrine system)अन्तर्गतका रागरसहरू, स्नायु प्रणालीको साथमा इन्द्रिय प्रणालीका जटिल तालमेलमा यसको सञ्चालन हुन्छ।
हामी सबैको रुचि यसप्रति भए पनि सबैको यौनेच्छा एकनासको हुँदैन। कतिपय व्यक्तिमा बढी यौनेच्छा हुन्छ भने कसैमा अलि कम हुन्छ, अनि कतिपय व्यक्तिमा यौनेच्छा निकै कम(hypoactive sexual desire) को स्थिति हुनसक्छ जसले यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना वा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ।

तपाईंलाई के भएको होला ?
तपाईंले आफ्नो समस्याका बारेमा अति नै कम जानकारी दिनुभएकाले यसै भन्न सकिने स्थिति छैन । यौनसम्पर्कका क्रममा योनिमा सुख्खापन छरछैन ख्याल गर्नुहोला। त्यसैगरी यौनाङ्ग वा त्यसको वरिपरि कुनै समस्या वा घाउखटिरा आएको वा गन्हाउने किसिमको योनिश्राव छ भने संक्रमण भएको बुझिन्छ। पाठेघर, डिम्बाशय तथा त्यसवरिपरिको संक्रमणमा तल्लो पेट दुख्छ र विशेष गरी पाठेघरको मुखमा औंला वा लिङ्गले स्पर्श गर्दा भित्र पीडा अनुभव हुन्छ । तपाईंले आफूमा अन्य कुनै खराबी वा रोग भएको संकेत गर्नुभएको छैन, तर एकपल्ट स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी रोगको निदान गर्नु बेस होला ।
पहिलो यौनसम्पर्क राख्दा कुनै कारणले अति नै भय अर्थात् डर थियो भने योनि वरिपरिका मांसपेशी खुम्चन सक्छन् । यस्तो स्थितिका बारेमा तपाईंलाई नै थाहा हुने भयो। तपाईंलाई पीडाको कारणले मात्र नभै यौनसम्पर्क राख्ने इच्छा नै कम भएको हो भने पनि तपाईं नै त्यसका सम्बन्धमा सबैभन्दा बढी जानकार हुनुहुन्छ।
समाधान के हुन सक्ला ?
योनिको सुख्खापन वा पर्याप्त रस नआउने भए आवश्यक मात्रामा उत्तेजनाको स्तरमा पुगेपछि मात्र यौनसम्पर्क गर्नुपर्छ । योनिरस पर्याप्त मात्रामा नभै यौनसम्पर्क गरेका कारणले यस्तो भएको हो र पर्याप्त मात्रामा योनिरस निस्कन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । त्यसका लागि भ्यासलिन वा त्यस्तै कुनै तेलयुक्त चिल्लो पदार्थ उपलब्ध हुन सक्छन्, तर त्यसले हाम्रा शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकाले त्यसको तुलनामा पानीमा घुल्ने चिल्लो पदार्र्र्थ { (K-Y jelly) प्रयोग गर्नु बढी उपयुक्त हुन सक्छ। कतिपयले थूकलाई एउटा राम्रो विकल्पका रूपमा प्रयोग गर्दै आएका छन्।
कुनै डर वा भय भए त्यसलाई हटाउने प्रयास गर्नुपर्छ। लामो समय यौनसम्पर्क नगर्दा पनि यौनसम्पर्क गर्ने इच्छा जागृत हुँदैन भने त्यसको केही कारण छ कि खोजतलास गर्नुपर्छ। यौनाङ्ग क्षेत्र वा पाठेघरको संक्रमणको शंका छ भने एकपटक स्त्रीरोग विशेषज्ञबाट राम्रोसँग जँचाउनुहोला।


























