पाँच अर्बको लगानीमा बनेको ठमेलको छायाँ सेन्टर स्थानीयवासीको निशानामा

8.2K
shares

काठमान्डौ।पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर स्थानीयवासीको विरोध पछि विवादमा तानिएको छ ।करीब ३० व्यवसायीको लगभग पाँच अर्ब भन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ।

ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टर लाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताएका छन्।पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छाया सेन्टर सञ्चालनमा ल्याइएको सो कम्प्लेक्समा तारे स्तरको होटल सहित तीन मल्टिप्लेक्स थिएटर छन्। सेन्टरमा विभिन्न सामग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याङ्क्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लब लगायतका विभिन्न सुविधा उपलब्ध रहेको छ।

सरकारले वैदेशिक लगानी भित्र्याउन आगामी चैत १५ र १६ गते काठमाडौँमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको सन्दर्भमा यस्ता व्यावसायिक लगानीलाई निरुत्साहित गरिनु गम्भीर विषय भएको व्यवसायीको भनाइ छ। ‘ठमेलभित्रको ठमेलका रुपमा आएको योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई गरिएको जानकारी छ।

काठमाडौँ महानगरपालिकाले २०६९ साल असोज ११ गते छायाँदेवी कम्प्लेक्सको डिपिसी सम्मको नक्सा पास गरेको थियो। सोही वर्ष असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो। भने गत कात्तिक ८ गते कामनपाले छायाँदेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र उपलब्ध गराएको हो श्रेष्ठले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083