अन्सारीको प्रमाणपत्रमा थप छानबिन हुने, नागरिकताबारे विवाद

5.19K
shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा थप छानबिन गर्ने भएको छ। समितिको मङ्गलबारको बैठकले प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र विवादित रहेको भन्दै सम्बन्धित निकायबाट थप विवरण माग गर्ने निधो गरेको हो। उजुरीका सम्बन्धमा थप निक्र्यौलपछि मात्र अन्सारीको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्णले अन्सारीका सम्बन्धमा थप कागजात माग गरिएको बताए। कर्णले भने, ‘‘प्रस्तावित अध्यक्षबारेको उजुरीमा थप कागजात मगाएर अध्ययन गर्ने निर्णय भएको छ। नागरिकता, पार्टी सदस्यता, शैक्षिक योग्यताको प्रमाणपत्रबारे थप कागजात माग गर्ने निर्णय भएको छ। समितिले अन्सारीको सम्पूर्ण विवरण खुल्ने नागरिकता विवरण माग गर्ने निर्णय समेत गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083