चेल्सीसँग साविक विजेता म्यान्चेस्टर सिटी पराजित

4.98K
shares

काठमाडौं । साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग पराजित भएको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई २-० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा निगोलो कान्टे र डेभिड लुइजले गोल गरे । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । पहिलो हाफको ४५औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई १-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको सिटीले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ७८औं मिनेटमा डेभिडले गोल गर्दै चेल्सीलाई २-० गोलको जित दिलाएका हुन् ।

खेल अवधिभर बल नियन्त्रणमा लिए पनि सिटीले चेल्सीलाई रोक्न सकेन । हारसँगै लिगमा सिटीको १६ खेलबाट ४१ अंक रहेको छ भने उ लिगको दोस्रो स्थानमा छ । यता, चेल्सी भने १६ खेलबाट ३४ अंक बनाउँदै लिगको चौथो स्थानमा छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083