पाल्पामा असिना पानीले करोडौंको तरकारी बाली नष्ट

9.79K
shares

पाल्पा । आइतबार दिउँसो लगातार परेको असिना पानीले तानसेनमा मात्र चार करोड ८० लाखको तरकारी बाली नष्ट भएको छ । तीव्र हावाहुरी सँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ।

असिनाले किसानहरूले लगाएको काँक्रा, करेला, लौका, सिमि, भण्टा, गोलभेडा, खुर्सानी, भेडेखुर्सानी, मूला, धनिया, बोडी, बन्दा र काउली, प्याज र लसुन, सागपातमा क्षति पुर्‍याएको छ। असिना पानीले तानसेन नगरपालिकाका किसानको एक सय ९९ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी बालीमा ८० प्रतिशत क्षति पुर्‍याएको हो। तरकारी बालीसँगै मकै, मसुरो, तेलहन (तोरी),  आँप, लिची लगायतका बालीलाई पनि असिनाले क्षति पुर्‍याएको छ ।

प्रदेश नं. ५ का सांसद नारायणप्रसाद आचार्यले अचानक परेको असिनाले मेहनतको फल खाने समयमा किसान समस्यामा परेको बताए । ‘ठूलो लगानी गरेर काम गरेका किसान अप्ठ्यारोमा परेका छन् । स्थानीय सरकार तथा विषयगत कार्यालयले यसको उचित सम्बोधन गर्नु पर्ने बताए।

किसानका बालीनाली थिचेर कामै नलाग्ने भएको छ। भर्खरै बेर्ना सारेका टमाटर, खुर्सानी र काँक्रा असिनाले थिचेर नष्ट भएको छ । तानसेन नगरपालिकाको मदनपोखराका क्षेत्रका मात्र करिव पाँच सय व्यवसायिक किसानहरुको बालीनाली नष्ट भएको बताइएको छ । मदनपोखरा बहुउद्देश्यीय तरकारी बजार सहकारी संस्था तानसेन–९ का अध्यक्ष पदमराज पौडेलले एक परिवारको ३ लाख सम्मको तरकारीमा क्षति पुगेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083